एनआरएन नागरिकताका जटिलतालाई समाधान गर्न प्रयास जारी राख्न न्यायाधीश शर्माको सुझाव
राजनीतिक अधिकार सहितको दोहोरो नागरिकता दिनु पर्ने माग लन्डन । बेलायतमा आयोजित एक सेमिनारमा कानूनविद तथा प्राज्ञहरुले गैरआवासीय नेपाली (एनआरएन) हरुलाई राजनीतिक अधिकार सहितको दोहोरो नागरिकता दिनु पर्ने माग गरेका छन् । एनआरएनए युकेसंगको सहकार्यमा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेद्वारा शनिबार लन्डनको उलिचमा आयोजित सेमिनारमा एक कार्यपत्र प्रस्तुत गर्दै सोसाइटीका पूर्व महासचिव डा ओम प्रसाद गौतमले विश्वका झन्डै ५० प्रतिशत देशहरुले गैर आवासीय नागरिकहरुलाई पूर्ण दोहोरो नागरिकता प्रदान गरेको जनाए। उनले ७८% रास्ट्रहरुले आप्रवासी र प्रवासीहरुलाई कुनै न कुनै रुपमा आफ्नो नागरिकको रुपमा ग्रहण गरेको …